गन्दर्भ समुदायलाई जनता आवास कार्यक्रम मार्फत नयाँ घर | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १ २०८३, आइतबार

गन्दर्भ समुदायलाई जनता आवास कार्यक्रम मार्फत नयाँ घर

house

तनहुँ, १४ भदौ । तनहुँका गन्दर्भ समुदायले जनता आवास कार्यक्रम मार्फत नयाँ घर पाएका छन् ।

झुपडीमा बस्र्दै आएका तनहुँ भान–१, नयाँ बस्तीका गन्धर्भ समुदायले नयाँ पक्की घर पाएका हुन् । गन्दर्भले नयाँ घर पाएपछि खुसि व्यक्त गदै आनीवानी समेत परिवर्तन आएको अगुवा गन्र्दभ भवानी गन्दर्भले बताए ।

जनता आवास कार्यक्रमले गन्धर्भ जातीलाई दुई कोठाको २२ वटा घर निर्माण गरेको थियो । एउटा घर बनाउन ३ लाख ५० हजार रुपैयाँ अनुदान र अन्य स्थानिय जनश्रमदानबाट निर्माण गरिएकोे आवास कार्यक्रमले जनाएको छ ।

सरकारले २०६९ सालमा जनता आवास कार्यक्रम मार्फत गन्र्दभलाई घर निर्माण सुरु गरेपनि विविध कारणले अहिले आएर मात्र सम्पन्न भएको हो ।