काठमाडौं, १४ भदौ । गृह मन्त्रालयको निर्देशनमा बन्द गरिएको बाजेको सेकुवा कर्नरका सबै शाखाहरु तत्काल खोल्न सर्वोच्च अदालतले बुधबार अन्तरिम आदेश जारी गरेको छ ।
सञ्चालक चेतन भण्डारीले सुन तस्करीको पैसा सेकुवा कर्नरमा लगानी गरेको आशंकामा सरकारले सिलबन्दी गरेको थियो ।
न्यायधीस सपना मल्ल प्रधानको एकल इजलासले सिलबन्दी र ब्रान्ड खारेजी गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्नु नगराउनु भन्दै अन्तरिम आदेश जारी भएको हो ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।