खुट्टा भाँच्ने धम्कीको खुलासा : पोल लगाउँदै पूर्वराष्ट्रपतिपुत्र | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

खुट्टा भाँच्ने धम्कीको खुलासा : पोल लगाउँदै पूर्वराष्ट्रपतिपुत्र

काठमाडौं, ७ भदौ । मन्त्रीले आफ्नै पार्टी सांसदको खुट्टा भाँचिदिने धम्की दिएको उजुरी कांग्रेस नेतृत्वसमक्ष पुगेको छ।धनुषा क्षेत्र नं. ५ बाट निर्वाचित पूर्व राष्ट्रपतिका छोरा चन्द्रमोहन यादवलाई सोही क्षेत्रबाट समानुपातिक सांसद हुँदै खानेपानीमन्त्री बनेका महेन्द्र यादवले दिएको धम्कीको उजुरी वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालासम्म पुगेको हो।

 

बानेश्वरस्थित आनन्द पार्टी प्यालेसमा प्रदेश नम्बर दुईका नेता–कार्यकर्ताको निम्ति आयोजित भेलामा चन्द्रमोहनले आफ्नो खुट्टा भाँचिदिने धम्की दिएको पोल लगाएका थिए। यो कुरा मन्त्री महेन्द्रले पत्तो पाएका थिएनन्। तर सो भेलामा जम्मा भएका सप्तरकिा कार्यकर्ताले मन्त्रालय पुगेका बेला शुक्रबार ४:३० बजे सुनाउन भ्याएका छन्।

 

त्यतिबेला मन्त्रीले सोधे, ‘नेताहरुको प्रतिक्रिया के आयो त ?’, ती कार्यकर्ताले बताए, ‘सुन्ने काम मात्रै भयो, केही बोलेनन् ।’ यति सुनेपछि मन्त्रीले चन्द्रमोहनलाई डरपोकको संज्ञा दिँदै यस्ता काँतरलाई कसैले पनि समर्थन नगर्ने बताए । उनले चन्द्रमोहनलाई गैरराजनीतिक व्यक्ति भएको समेत सुनाए।

एउटा घटना सुनाउँदै भने, ‘धनुषामा आयोजित कार्यक्रममा केन्द्रीय प्रतिनिधि बनेर पुगेका गुरुराज घिमिरेले विधानअनुसार गरेको निर्णयमाथि चन्द्रमोहनले नोट अफ डिसेन्ट लेख्ने धम्की दिएपछि उनका बुबा तत्कालीन राष्ट्रपति डा. रामवरण यादवालई फोन लगाउँदा छोरो राजनीतिक प्राणी नभएको भन्दै उसलाई आफूखुशी चल्न दिनु भनेका थिए।’ जनआस्था साप्ताहिकमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);