फूलमाया आले
काठमाडौं, १२ भदौ । यही भदौ १४ र १५ गते काठमाडौंमा हुने चौथो बिमस्टेक सम्मेलनका लागि सबै तयारी पुरा भएको छ । सम्मेलनका लागि छ देशका राष्ट्र प्रमुख तथा सरकारप आउने क्रम सुरु भइसकेको छ भने १४ गते बिहानसम्म सबै भिभिआइपी पहुना आइसक्ने छन् ।
बिमस्टेक शिखर सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । शिखर सम्मेलनका लागि बैठकस्थलको व्यवस्थापन, पोर्टफोलियो निर्धारणसहितका प्राविधिक काम बाहेक शिखर सम्मेलनका सबैँ तयारी पुरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
चार वर्ष अघि अध्यक्षता ग्रहण गरेकोे नेपालले शिखर सम्मेलनपछि अध्यक्षता श्रीलंकालाई हस्तान्तरण गर्दैछ । चार वर्षमा नेपालले विशिस्ट तहका अधिकारी, परराष्ट्रसचिव तथा परराष्ट्रमन्त्रीहरु हुँदै सदस्य राष्ट्रका कार्यकारीहरुको शिखर सम्मेलन गरेर कार्यकाल टुंग्याउँदै छ ।
सम्मेलनका लागि आउने ६ देशका कार्यकारी प्रमुखहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल भित्रने छन् । लुम्बीनी दर्शको लक्ष्यसहित सवैभन्दा पहिले म्यानमारका राष्ट्रपति युविन मिन्ट नेपाल आइसकेका छन् भने बुधबार भुटान र श्रीलंकाका कार्यकारी प्रमुखहरुको आगमन हुनेछ ।
भुटानमा प्रधानमन्त्रीकै लागि निर्वाचन भइरहेकाले चुनावी सरकारको नेतृत्व गरि रहेका प्रधानन्यायाधशीश दोस्रो छिरिङ तोब्गे आउने तालिका छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशका प्रधानमन्त्री शेख हसिना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओचा नेपाल आइपुग्ने तालिका छ ।
१४ गते सुरु हुने शिखर सम्मेलन १५ गते सम्पन्न गरिनेछ र नेपालले पाचौ सम्मेलनका लागि श्रीलङ्कालाई अध्यक्षता हस्तान्तरण गर्ने छ । मन्त्रालयका अनुसार सम्मेलनमा सहभागी सबै पाहुनालाई सोल्टी होटलमा स्वीटरुपमको व्यवस्था गरिएको छ ।