काठमाडौँ, १२ भदौ । लामो समयसम्म अत्याधिक वायु प्रदुषण भएको स्थानमा रहेकाहरुको मानसिक स्वास्थ्यमा निकै ठूलो क्षति पुग्ने एक अध्ययनले देखाएको छ ।
अमेरिका र चीनले २० हजार चिनियाँ नागरिकमा गरेको चार वर्ष लामो संयुक्त अध्ययनले वायु प्रदुषणलाई झेलेकाहरुको बोल्ने र हिसाब किताब गर्ने क्षमतामा ह्रास आएको देखिएको हो । अनुशन्धानकर्ताहरुका अनुसार प्रदुषणको नकारात्मक असर उमेर अनुसार बढ्दै जाने र कम शिक्षित पुरुषहरुमा यसकोप्रभाव झनै धेरै परेको देखिएको छ । उनीहरुका अनुसार यो अध्ययन विश्वव्यापी रुपमा नै प्रासांगिक छ । किनभने विश्वका ८० प्रतिशत सहरी जनसंख्याले असुरक्षित स्तरको वायु प्रदुषणमा स्वास फेरिरहेका छन् ।
अदृश्य मृत्युको कारकका रुपमा हेरिएको वायु प्रदुषणका कारण विश्वभर करिब ७० लाख नाबालक शिशुहरुको ज्यानगइरहेको विश्व स्वास्थ्य संगठनको दाबी छ । प्रदुषणले अल्जाइमर र डिमेन्सिया जस्तो मस्तिष्कको रोगलाई पनि बढाउने अनुशन्धानकर्ताहरुले दाबी गरेका छन् । यस्तै यसअघि २०१० देखी २०१४ सम्म गरिएको अध्ययनले बालबालिकाको सिक्ने क्षमतामा पनि वायु प्रदुषणले असर गर्ने देखिएको थियो ।





