मोदी आउँदा दुई सम्झौता | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८१, बुधवार

मोदी आउँदा दुई सम्झौता

modi in airport

काठमाडौं, १२ भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सत्ता सम्हालेको चार बर्षमा चौथो पटक नेपाल आउँदै छन् ।

१७ बर्षदेखि भारतीय कार्यकारी नेपाल नआएको इतिहास तोड्दै मोदीले २०७१ साउन १८ गते नेपालको पहिलो भ्रमण गरेका थिए ।
पछिल्लो पटक बिमस्टेक सम्मेलनको अवसरमा आउँदो बिहीबार मोदी काठमाडौं उत्रँदै छन् । बिमस्टेक सम्मेलन सकिएपछि भारत र नेपालबीच दुईपक्षीय वार्ता र सम्झौता हुने तय भएको छ ।

दुईपक्षीय वार्तामा रक्सौल काठमाडौं विद्युतीय रेलमार्गको सम्भाव्यता अध्ययन र बल्क कार्गोसम्बन्धी सम्झौतामा हस्ताक्षर हुनेछ । यी दुवै एजेञ्डामा प्रधानमन्त्री केपी ओलीको गत चैतमा भएको भारत भ्रमणमा समझदारी जुटेपछि ुएमओयूुमा हस्ताक्षरका लागि बिमस्टेक सम्मेलनको अवसर पारिएको हो । यस्तै पशुपतिमा भारतीय सहयोगमा निर्मित धर्मशालाको मोदीले उद्घाटन गर्नेछन् । आजको कान्तिपुरको पृष्ठ १० मा यो समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);