जनप्रतिनिधिकै घरमा 'छाउगोठ' ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

जनप्रतिनिधिकै घरमा ‘छाउगोठ’ !

chau gotha

काठमाडौं, १२ भदौ । वेदराम भण्डारी पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका १० का निर्वाचित वडासदस्य हुन् ।

सामाजिक  विकृति र कुरीति अन्त्यका लागि अगुवाई गर्नुपर्ने वडासदस्य भण्डारीकै घरमा छाउगोठ छ । घरका महिला महिनावारी हुँदा पाँच दिनसम्म छाउगोठमा बस्छन् । स्थानीय सरकार गठनपछि गत बर्षदेखि वडा कार्यालयले छाउपडी अन्त्यका लागि जनचेतनामुलुक कार्यक्रम गर्दै आएको छ ।

तर गाउँमा छाउपडी कुप्रथा अन्त्य हुनुको साटो झन् झन् बढ्दै गएको देखिएको छ । महिनावारी भएको बेला छाउँगोठमा बस्नु हुन्न भनेर वडा कार्यालयबाट जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिरहेका छौँ तर, आफ्नै घरकाले मान्दैनन्, महिनावारी भएको बेला पाँच दिनसम्म छाउगोठमै बस्छन्, वडासदस्य भण्डारीले भने ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);