वीरगञ्ज । तेस्रो चरणअन्तर्गत २ असोजमा हुने स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले वीरगञ्जको मेयरका लागि रहवर अन्सारीलाई उम्मेद्वार बनाउने भएको छ।
माओवादी केन्द्र पर्सा जिल्ला इन्चार्ज उर्मिला अर्याल र जिल्ला संयोजक विजय महतोले संयुक्त रुपमा विज्ञप्ति निकाल्दै युवा नेता रहवर अन्सारीलार्इ मेयरको उम्मेद्वार बनाएको जनाएका छन्।
युवा नेता रहवरले उम्मेद्वार घोषणा हुनुअघि नै प्रचार सुरु गरेका थिए। ‘उम्मेद्वारका आकांक्षीहरु धेरै थिए,’ रहवरले भने, ‘पार्टीले दिएको जिममेवारी पूरा गर्न म सदैव तयार छ।’
रहवरले आफूसँग वीरगञ्जको योजनाबद्ध विकासका लागि खाका रहेको बताए। ‘कृषि, युवा, बजार, पूर्वाधार, सुशासनका लागि योजनाबद्ध हिसावले अघि बढ्न मास्टर प्लान बनाएका छौं,’ उनले भने, ‘त्यसलार्इ केही पछि सार्वजनिक गर्नेछौं।’ आजको नयाँ पत्रिकामा खबर छ।




