वीरगञ्जमा एमाले र लोसपाको गठबन्धन, मेयरमा एमालेका सरावगी उम्मेदवार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

वीरगञ्जमा एमाले र लोसपाको गठबन्धन, मेयरमा एमालेका सरावगी उम्मेदवार

वीरगञ्ज । आसन्न स्थानीय तह निर्वाचनमा वीरगञ्ज महानगरपालिकामा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच गठबन्धन हुने भएको छ । एमाले पर्सा अध्यक्ष जयप्रकाश थारू र लोसपा पर्सा अध्यक्ष पुरूषोत्तम लाल झाबीच बिहीबार वीरगञ्ज महानगरपालिकामा मिलेर निर्वाचनमा सहभागी हुने सहमति भएको हो ।

‘आसन्न स्थानीय निर्वाचनको क्रममा वीरगञ्ज महानगरपालिकाको विकास र प्रगतिको लागि नागरिकलाई केन्द्रमा राखेर लोकतन्त्र, गणतन्त्र र संघीयताप्रति  प्रतिबद्धता दलहरु नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल वीरगञ्ज महानगरपालिका मिलेर निर्वाचन सहभागी हुन सहमत भएका छौँ,’ सहमतिपछि दुवै अध्यक्षद्वारा हस्ताक्षर विज्ञप्तिमा भनिएको छ, ‘समृद्ध वीरगञ्जको सपनालाई सफार पार्न दुवै पार्टीको यो सहमति अपूर्ण रहेको छ । वीरगञ्ज र वीरगञ्जवासीको हित, प्रगति, पूर्वाधार विकास र राजनीतिलाई जनसेवाका लागि सदुपयोग गर्ने उद्देश्यले सहमति भएको छ। ३० वैशाखमा हुने चुनावमा वीरगन्जको मेयरमा एमालेका विजयकुमार सरावगी उम्मेदवार बन्ने भएका छन् भने उपमेयरमा लोसपाका पुरूषोत्तमलाल झा उम्मेदवार हुनेछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);