निर्मला हत्या प्रकरणः अम्बाको बोट जो ढल्यो ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

निर्मला हत्या प्रकरणः अम्बाको बोट जो ढल्यो !

niramala hatya

काठमाडौं, १० भदौ । निर्मलाको मृत शरीर उखुबारीमा फेला पर्यो । उनको शरीर भिजेको थियो । एउटा चप्पल पनि त्यही भेटियो । सँगै भेटियो, उनले कोठाबाट लिएर गएको बिज्ञान बिषयको पुस्तक ।

घटना भएको भनिएको रात मुसलधारे पानी परेको छ । तर, पुस्तक भिज्न सकेको छैन । मृत भेटिएकी निर्मलाको शरिर पुरै पानीले भिज्नु तर, पुस्तक नभिज्नु कसरी हुन सक्यो । कतै पुस्तक पछि लगेर फालिएको त होइन । यस तर्फ प्रहरीको अनुसन्धान केन्द्रीत भएन । –निर्मालाको शवसँगै अम्बाका केही दाना पनि वरामद भए । प्रहरीले मुलुल्कामा अम्बा भेटिए पनि उल्लेख गर्यो । घटना भएको केही दिनपछि अम्बाको प्रसंग उठ्यो ।

यस बिषयमा प्रहरीले बबितासँग सोधपुछ गर्यो । हाम्रो घरमा अम्बाको झाङ थियो । त्यहीँबाट टिपेर उसलाई दिएको बताइन् । तर, बबिताको घरमा घटना भएको ६ दिनपछि अम्बाको झाङ काटेर मिल्काई सकिएको छ । उक्त अम्बाको झाङ एकाएक किन काटियो प्रहरीको अनुसन्धान यस तर्फ पनि मोडिएन ।,यो खबर आजको नयाँ पत्रिकामा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);