काठमाडौं, ९ भदौ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डाक्टर सुरेन्द्रकुमार यादवले मलेसिया जाने कामदारको क्षेत्रमा हुँदै आएको सिन्डिकेट हटाईएको बताएका छन् ।
नेपाल मेडिकल व्यवसायी संघको शनिवार सम्पन्न चौथो वार्षिक साधारणसभा कार्यक्रममा बोल्दै राज्यमन्त्री यादवले यस्तो बताएका हुन् ।
कार्यक्रममा नेपाल मेडिकल व्यवसायी संघका अध्यक्ष सिताराम रेग्मीले बैदेशिक रोजगारीमा जाने नेपाली कामदारको स्वास्थ्य परिक्षणको क्षेत्रमा अझै सिन्टिकेड रहेको बताए । उनले मलेसिया जाने कामदारको स्वस्थ्य परिक्षणको सिन्डिकेट हटाएको दावी गरेपनि दक्षिण कोरिया र खाडी मुलुकमा जाने कामदारको हकमा अझै रहेको स्पष्ट पारे ।