सानेपामा विधान संशोधन मस्यौदा निर्माणको काम सुरु | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

सानेपामा विधान संशोधन मस्यौदा निर्माणको काम सुरु

congress offc

काठमाडौं, ८ भदौ । नेपाली काँग्रेस विधान संशोधन मस्यौदा समितिले शुक्रबारबाट विधान संशोधन मस्यौदा निर्माणको काम सुरु गरेको छ । पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टीको विधान मस्यौदा समितिको बैठकले विधान संशोधन मस्यौदा निर्माणको काम सुरु गरेको हो ।

समितिका संयोजक एवम् पार्टीका महामन्त्री पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले देशभरका सबै नेता, कार्यकर्ताको सुझाव लिएर विधान तयार पार्ने गरी औपचारिक छलफल गरिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । बैठकले समितिको सदस्य सचिवको जिम्मेवारी पार्टी केन्द्रिय कार्यालय सचिव केशव रिजाललाई दिएको छ ।

भदौ अन्तिम साता बस्ने भनिएको पार्टीको महासमिति बैठकमा पेश गर्ने गरी काँग्रेसले विधान संशोधन मस्यौदा निर्माणको काम सुरु गरेको हो । काँग्रेस केन्द्रिय कार्य समितिको आजै बस्ने बैठकले महासमिति बैठकको मिति तय गर्ने बताइएको छ ।

मुलुक संघीयतामा गएपनि काँग्रेसले सोही अनुसारको पार्टी संरचना बनाउने विधान हालसम्म बनाउन सकेको थिएन । प्रवक्ता शर्माले समितिले ढिला नगरी विधान संशोधन मस्यौदा निर्माणको काम सम्पन्न गर्ने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);