चितवन निकुञ्जमा २४ करोड ८१ लाख राजस्व संकलन | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८१, शनिबार

चितवन निकुञ्जमा २४ करोड ८१ लाख राजस्व संकलन

chitwan-national-park

चितवन, ८ भदौ । चितवन राष्ट्रिय निकुञ्जले आर्थिक वर्ष २०७४-०७५ मा २४ करोड ८१ लाख ९९ हजार ९सय ९८ रुपैयाँ राजस्व संकलन गरेको छ । निकुञ्जले दिएको तथ्यांकअनुसार सबैभन्दा धेरै आम्दानी गत बर्षको कात्तिक र फागुन महिनामा गरेको छ ।

निकुञ्जले कात्तिक महिनामा तीन करोड १९ लाख ३५ हजार ६सय ३७ रुपैयाँ र फागुन महिनामा दुई करोड ६८ लाख ३३ हजार २ सय २५ रुपैयाँ आम्दानी गरेको थियो ।

त्यसैगरी निकुञ्जले उपलब्ध गराएको तथ्यांकमा सबैभन्दा कम असार महिनामा १६ लाख ३९ लाख ७ सय २ रुपैयाँ आम्दानी भएको थियो । त्यसैगरी आर्थिक वर्ष २०७३-०७४ मा निकुञ्जले २२ करोड ५१ लख ६३ हजार ४सय ९ रुपैयाँ आम्दानी गरेको थियो । तर, विनाशकारी भूकम्प गएको वर्ष विसं २०७२-७३ मा भने निकुञ्जको आम्दानी जम्मा १३ करोड १२ लाख २० हजार २५५ रुपैयाँ मात्र भएको थियो ।

गत वर्षको तुलनामा यो वर्ष निकुञ्जको राजस्व आम्दानी दुई करोड ३० लाख ३६ हजार ५सय ८९ रुपैयाँ बढी रहेको छ ।

भूकम्प, नाकाबन्दी र नारायणगढ–मुग्लिन सडकको कारणले विगत केही वर्षअघि भन्दा पछिल्ला दुई वर्षमा पर्यटकको संख्या बढ्दै गएकोले राजस्व आम्दानी पनि बढ्दै गएको निकुञ्जले जनाएको छ । निकुञ्जको मुख्य आम्दानी नै पर्यटकहरुको प्रवेश शुल्क रहेको निकुञ्जले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);