ओमप्रकाश मिश्रलाईं प्रधान्यायाधिशमा सिफारिस गर्ने संवैधानिक परिषदको निर्णय | ईमाउण्टेन समाचार

Our Network

पुष २७ २०८१, शनिबार

ओमप्रकाश मिश्रलाईं प्रधान्यायाधिशमा सिफारिस गर्ने संवैधानिक परिषदको निर्णय

om prakash misra

काठमाडौं, ८ भदौ । बिहिबार बसेको संवैधानिक परिषदको बैठकले प्रधानन्यायाधिशमा ओमप्रकाश मिश्रको नाम सिफारिस गरेको छ ।

सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधिश मिश्रलाईं प्रधान्यायाधिशमा सिफारिस गर्ने निर्णय परिषदले गरेको हो । मिश्रलाई प्रधानन्यायाधिशमा सिफारिस गर्ने सर्वसम्मत निर्णय गरिएको परिषदका सदस्य एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले जानकारी दिए ।

प्रधानन्यायाधिशमा प्रस्तावित दिपकराज जोशीलाई संसदीय सुनुवाई विशेष समितिले अस्विकृत गरेपछि संवैधानिक परिषदले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधिश मिश्रलाई प्रधानन्यायाधिशमा सिफारिस गरेको हो । सो सिफारिसलाई संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरे राष्ट्रपति विद्या भण्डारीले मिश्रलाई प्रधानन्यायाधिशमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);