सरकारले सिपयुक्त जनशक्तिलाई मात्रै वैदेशिक रोजगारीमा पठाउने | ईमाउण्टेन समाचार

Our Network

मंसिर ११ २०८१, मंगलबार

सरकारले सिपयुक्त जनशक्तिलाई मात्रै वैदेशिक रोजगारीमा पठाउने

gokarna bista

काठमाडौं, ७ भदौ । सरकारले सिपयुक्त जनशक्तिलाई मात्रै वैदेशिक रोजगारीमा पठाउने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सेवा, सुविधा वृद्धि गर्न पनि सरकारले सिपयुक्त जनशक्तिलाई मात्रै वैदेशिक रोजगारीमा पठाउने अनिवार्य व्यवस्था गर्न जानकारी दिएका हुन् ।

बिहिबार प्रतिनिधिसभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले वैदेशिक रोजगारीमा जाने कामदारलाई सिप सिक्न सरकारले आवश्यक संरचना निर्माणको कामलाई तीव्रता दिएको पनि बताए ।

मन्त्री विष्टले सरकारले वैदेशिक रोजगारलाई प्रबर्धन गर्ने नीति लिएको पनि स्पष्ट पारे । उनले बाध्यकारी अवस्था रहँदासम्म वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन वैदेशिक रोजगार प्रबर्धन बोर्डलाई संशोधन गरी वैदेशिक रोजगार व्यवस्थापन बोर्ड स्थापना गर्ने कामलाई अघि बढाइएको जानकारी दिए । सरकारले स्वदेश भित्रै रोजगारीको अवसर सृजना गर्ने कामलाई पहिलो प्राथमिकता दिएको मन्त्री विष्टको भनाई छ ।

नेपालले १ सय १० वटा मुलुकलाई वैदेशिक रोजगारीमा जान खुला गरेको छ । मन्त्री विष्टले ती देशहरुमा नेपाली कामदारको सेवा, सुविधा वृद्धि गर्न पनि सरकारले उनीहरुलाई अनिवार्य सीप सिक्ने व्यवस्था गर्न लागिएको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);