नागरिक ऐन संशोधन गर्न सभामुख महराकाे ध्यानाकर्षण | ईमाउण्टेन समाचार

Our Network

माघ १६ २०८१, बुधवार

नागरिक ऐन संशोधन गर्न सभामुख महराकाे ध्यानाकर्षण

krishana bdr mahara

काठमाडौं, ६ भदौ । राष्ट्रिय जागरण परिषद, नेपालले नागरिकता ऐन–२०६३ लाई राष्ट्रको सर्वोपरी हित हुनेगरी तत्काल संशोधन गर्न प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराको गम्भिर ध्यानाकर्षण गराएको छ ।

परिषदले सरकारले हालै संघीय संसदमा पेश गरेको ‘नेपाल नागरिक ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५’ लाई राष्ट्रको सर्वोपरी हित हुनेगरी तत्काल संशोधन गर्न बुधबार सभामुख कृष्णबहादुर महराको गम्भिर ध्यानाकर्षण गराएको हो ।

परिषदले नागरिकसम्बन्धि विद्यमान समस्या समाधानका लागि उच्चस्तरीय न्यायिक नागरिकता छानवीन आयोग गठन गर्न सरकारलाई सचेत गराउन पनि सभामुख महरासँग आग्रह गरेको छ।

राष्ट्रको सर्वोपरी हितलाई ध्यानमा राखेर नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न सभामुख महराको ध्यानाकर्षण गराइएको वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कीले जानकारी दिए ।

उनले भूगोल, सामाजिक परिवेश, राष्ट्रिय विशेषताहरुको आधारमा नागरिकता वितरणको कामलाई अघि बढाउनुपर्ने आवश्यक्ता औंल्याए ।

यता, सभामुख महराले पनि नागरिकसम्बन्धि ऐन संशोधनका लागि परिषदले दिएको सुझावलाई आफूले गम्भिर रुपमा लिएको उल्लेख गर्दै समस्या समाधानका लागि सरकारसँग पहल गर्ने आश्वासन दिए । उनले परिषदले दिएको सुझावलाई अध्ययन गरेर प्रतिनिधिसभामा पनि आवश्यक छलफल गर्ने बताए ।

परिषदले नेपाली नागरिक महिलाले विदेशी नागरिकसँग विहे गरी विदेशमै बसोबास गरेमा उनको नागरिकता विवाह भएको ६ महिना पश्चात् स्वतहः खारेज हुने कानुनी व्यवस्था गर्नुपर्र्नेलगायतका माग सरकारसँग राख्दै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);