काठमाडौं, ४ भदौ । महानगरीय प्रहरी प्रमुख बसन्त लामाले अपराधजन्य घटनाको नियन्त्रण आफ्नो कार्यकालको प्राथमिकता भएको बताएका छन् ।
भदौ १ गतेदेखि महानगरीय प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका प्रमुख लामाले सोमबार पत्रकार सम्मेलन गरी भूमिगत शैलीमा काठमाडौंमा हुने गुण्डागर्दी नियन्त्रण गर्न प्रहरीले विषेश कदम चाल्ने बताए ।
उनले आफू कुनै पनि आर्थिक प्रलोभनमा नपर्ने र आर्थिक प्रलोभनमा परि काम गर्ने कुनै पनि प्रहरी कर्मचारीलाई कारर्बाही गर्ने प्रतिबद्धता व्यक्त गरे । राजधानीको शान्ति सुरक्षासँग मुलुककै सुरक्षा जोडिएको भन्दै उनले शान्ति सुरक्षा र नागरिक सेवालाई प्रभावकारी बनाउन कुनै कसुर बाँकी नराख्ने उनले बताए ।
त्यस्तै प्रहरी कार्यालयमा दर्ता भएर पनि कार्यान्यवन नभएका पुराना मुद्दाहरुलाई पल्टाएर पीडितलाई न्याए दिने प्रमुख लामाले उद्घोष गरे ।
त्यस्तै प्रमुख लामाले पूर्व राजदूत केशव झाको हत्या भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए । घटनाको अनुसन्धान शुरु भइसकेको र चाँडै निष्कर्षमा पुग्ने उनको भनाइ छ ।