प्रधानमन्त्री ओलीले प्रदेश २ को प्रदेशसभालाई सम्बोधन गर्ने | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

प्रधानमन्त्री ओलीले प्रदेश २ को प्रदेशसभालाई सम्बोधन गर्ने

pm kp oli

जनकपुरधाम, २ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रदेश नम्वर दुईको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै छन् । प्रदेश २ का सभामुख सरोजकुमार यादवले आजको प्रदेशसभा बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यतालिका रहेको जानकारी दिए ।

प्रधानमन्त्रीको सम्बोधनका लागि प्रदेश संसद् सचिवालयले सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रधानमन्त्रीको सम्बोधन भएकाले संसद् सचिवायले अनिवार्य उपस्थितिका लागि सम्पूर्ण सांसदहरुलाई सूचना जारी गरेको छ । ७ वटै प्रदेशसभामा सम्बोधन गर्ने योजना अनुसार प्रधानमन्त्रीले आज प्रदेश २ मा सम्बोधन गर्न लागेका हुन् ।

यसअघि प्रधानमन्त्री ओलीले प्रदेश १, ३ र ५ प्रदेशसभामा सम्बोधन गरिसकेका छन् । संविधान र प्रदेश नियमावलीमा राष्ट्रप्रमुख वा सरकार प्रमुखले प्रदेशसभालाई सम्बोधन गर्ने व्यवस्था छैन । तथापि, विदेशी सरकार प्रमुख या राष्ट्रप्रमुखले भने प्रदेश सरकारलाई सम्बोधन गर्न सक्ने व्यवस्था छ । त्यसका लागि सम्बन्धित सभाका सभामुखसँग अनुमति लिनुपर्ने व्यवस्था प्रदेश नियमावलीमा छ । त्यसैले कतिपय सांसदहरुले प्रधानमन्त्रीको सम्बोधनबारे कानूनी समस्या रहेको औंल्याएका छन् ।

प्रदेशसभामा सम्बोधनपश्चात प्रधानमन्त्री ओलीलाई प्रदेशसभा परिसरमै मिथिला भोजन गराउने तयारी समेत गरिएको छ । सभामुख यादवले सम्बोधनपछि प्रधानमन्त्रीलाई दाल, भात, तरुवा, तरकारी, करही बरी र माछालगायतका मिथिला भोजन खुवाइने जानकारी दिए । खानापश्चात मिथिला विशेष पानसमेत खुवाइने तयारी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);