मधेसमा ओलीको राजनीतिक यात्रा | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

मधेसमा ओलीको राजनीतिक यात्रा

kp oli

जनकपुर, २ भदौ । झन्डै चार वर्षदेखि ‘कोर मधेसी’ क्षेत्रमा राजनीतिक भ्रमण गर्न नसकेका प्रधानमन्त्री केपी ओली शनिबार प्रदेश २ सभा बैठकलाई सम्बोधन गर्न जनकपुर ओर्लंदै छन् ।

गत वैशाखमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा केही घण्टा जनकपुर पुगेबाहेक उनले प्रदेश २ का जिल्लामा चार वर्षयता पार्टी र राजकीय काम गर्न सकेका छैनन् । २०७३ फागुनमा पार्टीको मेची–महाकाली अभियान लिएर सप्तरी पुग्दा ओलीलाई अवरोध भएको थियो ।

राजविराजमा ओलीलाई उत्रिने नदिने भन्दै मधेसकेन्द्रित पार्टीले विरोध गरेपछि त्यहाँ झडपको स्थिति उत्पन्न भएको थियो । त्यसपछि सप्तरीबाटै फर्केका ओली तीनवटै तहका चुनावमा मुलुकभर चुनावी दौडाहामा निस्कँदा पनि प्रदेश २ मा भने गएनन् ।

चार वर्ष अवधिमा उनी दुईपटक प्रधानमन्त्री भइसकेका छन् । चुनावी अभियानमा समेत नगएका ओलीको प्रधानमन्त्रीको हैसियतमा हुन लागेको यो भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ । ओलीको जनकपुर आगमनलाई लिएर स्थानीय राजनीतिक माहोल अझै विभाजित छ । यद्यपि ओलीको आगमनै रोक्ने खालको अवस्था भने छैन ।

ओलीको आगमनबाट संघीय सरकारका सहयात्री दल नेकपा र संघीय समाजवादी फोरम खुसी छन् । उनीहरूले ओलीको शनिबार हुने आगमनलाई विगतमा फाटेको मनलाई जोड्ने र राजनीतिक सम्बन्धहरूलाई सुधार्ने कडीका रूपमा अथ्र्याएका छन् । ओली अनुदार भएकैले संविधानमा मधेसको मुद्दा सम्बोधन हुन नसकेको आरोप लगाउने राष्ट्रिय जनता पार्टी आबद्ध एउटा राजनीतिक तप्काले भने आगमनलाई औचित्यहीन ठानेको छ ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);