मोरङ, ३० साउन । मोरङको रंगेलि बाबिया बिर्ताका करिब डेढ सय घरपरिवार लालपूर्जा भएरपनि घरबार विहिन भएका छन् । १५ वर्षदेखि बसोबार गर्दै आएका डेढ सय घरपरिवार विराटनगरका मारवाडी परिवारको ज्यादतिका कारण घरबार बिहिन भएका हुन् ।
मारवाडी धाडेवालको नाममा रहेको करिब डेढ सय विगाहा जमिन मारवाडी परिवारले १५ वर्ष अगाडि बिक्री गरेको थियो । संयुक्त परिवार रहेकाले ५ दाजुभाईको अंशबण्डा गर्दा विवाद भएपछि सो जग्गामा मुद्दा प-यो ।
एकले अर्कासँग जग्गा माग गर्दै मुद्दा परेपछि अदालतले यतिखेर दुबै पक्षलाई अदालतमा उपस्थित गराएको छ । जग्गा बिक्री गर्नेले नै मुद्दा हालेपछि १५ वर्षअघि जग्गा किनेकाहरु लालपूर्जा भएर पनि घरबार विहिन भएका छन् ।
उनीहरु हातमा लालपुर्जा बोकेर उच्च अदालत विराटनगर धाउने गरेका छन् । आफुहरुलाई ठगेको भन्दै उनीहरुले आक्रोश पोखेका छन् । मालपोत कार्यालय रंगेलि र धाडेवाल परिवारको मिलोमतोमा आफूहरुलाई घरवारविहिन बनाएको उनीहरुको भनाइ छ ।
प्रदेश सांसदले लिलावल्लभ अधिकारीले स्थानीय मारमा परेकाले न्याय दिलाउने प्रतिबद्धता जनाएका छन् । पीडित परिवारले आफुहरुमाथी अन्याय भए जस्तो सुकै मूल्य चुकाउन तयार रहेको चेतावनी दिएका छन् ।