सांसदको ध्यान आफ्नै निर्वाचन क्षेत्रमा | ईमाउण्टेन समाचार

Our Network

पुष २१ २०८१, आइतबार

सांसदको ध्यान आफ्नै निर्वाचन क्षेत्रमा

sadan

काठमाडौं, ३० साउन । प्रतिनिधिसभाका सांसदहरुले आ–आफ्नो निर्वाचन क्षेत्रमा देखिएका समस्या तत्काल समाधान गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा शुन्य समयमा बोल्दै सांसद विमला नेपालीले देशका विभिन्न भागमा अन्तरजातीय विवाहलगायतका कारण हुने गरेका हत्यालगायतका प्रतिनिधिमुलक घटनाले कानुनी राज्यको धज्जी उडाएको दावी गर्दै त्यस्ता घटना दोहोरिन नदिन सरकारलाई सचेत गराइन्

सांसद भरतकुमार शाहले स्थानीय तहमा कर वृद्धि गरेको भन्दै तत्काल रोक्न सरकारसँग माग गरे । त्यसैगरी सांसद भुपेन्द्रबहादुर थापाले कालिगण्डकी करिडोरको बेनी–जोमसोम–कोरोलामा जथाभावी सडक निर्माण गर्दा कालिगण्डकी नदीको सतह बढ्न गई डुबान र पहिरोको जोखिम बढेकाले त्यसलाई नियन्त्रण गर्न पनि सरकारलाई सचेत गराए ।

सांसद महेश्वरजंग गहतराज (अथक) ले जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलनमा घाइतेहरुको जीविकोपार्जनको उचित व्यवस्था गर्न सरकारसँग माग गरे ।

सांसद राजेन्द्रकुमार केसीले राजधानी काठमाडौंको मुख्य सडक कलंकी–नागदुङगा र दक्षिणकाली सडक खण्डको मापदण्ड तोक्न ढिलाई नगर्न सरकारलाई दवाव दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);