कैलाली, २९ साउन । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ६ पिपरकोटीकी ४० बर्षिया तारादेवी ताम्राकारले आफुमाथी बलात्कारको प्रयास भएको बताएकी छिन् ।
प्रहरीले उजुरी नलिएपछि उनले आफूमाथी बलात्कारको प्रयास भएको भन्दै पत्रकार सम्मेलन गरेर जानकारी गराएकी हुन् । उनले आफुमाथि गाउँकै एक युवाको समूहले साउन २५ गते बालात्कारको प्रयास गरेको बताइन् ।
तारादेवीले सोहि गाउँका २२ बर्षिय लक्ष्मण बोहोरा र बलियाकाका मंगल गिरी लगायतको समूहले बालात्कारको प्रयास गरेको आरोप लगाइन् । अधिकारकर्मी महिलाले सो घटान प्रहरीले स्थानीय स्तरमै मिलाउन खोजेको आरोप लगाएका छन् । प्रहरीले भने घटनाको प्रकृति र तारादेवीको बयान फरक परेकाले ढिलाई भएको बताएको छ ।