काठमा मुलुकलाई आत्मनिर्भर बनाउने वन मन्त्रीको घोषणा | ईमाउण्टेन समाचार

Our Network

पुष ७ २०८१, आइतबार

काठमा मुलुकलाई आत्मनिर्भर बनाउने वन मन्त्रीको घोषणा

shakti bdr basnet

काठमाडौं, २९ साउन । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले काठमा मुलुकलाई आत्मनिर्भर बनाउने घोषणा गरेका छन् । मन्त्री बस्नेतले संरक्षण र उपयोगको व्यवहारिक सन्तुलनबाट वन क्षेत्रको विनाश हुन नदिने योजना पनि अघि सारेका छन् । उनले जलवायु परिवर्तनको असरलाई न्यूनिकरण गर्न सरकारले कार्वन व्यापारलाई उच्च प्राथमिकता दिएको स्पष्ट पारे ।

मंगलबार काठमाडौंमा आयोजित ‘वन दिगोपनाको आधार’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले वनको उपयोग गर्दा विनाश हुन्छ भन्ने गलत मान्यता नराख्न पनि आग्रह गरे । उनले वन क्षेत्रको लाभ स्थानीय जनतालाई दिए उनीहरु आफैले वनको संरक्षण गर्ने बताए ।

मन्त्री बस्नेतले विश्वका धनी राष्ट्रहरुले जलवायु परिवर्तनमा पारिरहेको असर नेपालमा पनि परेको भन्दै त्यसको क्षतिपूर्तिका लागि सरकारले पहल गरिरहेको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);