काठमाडाैं, २६ साउन । पुरातात्विक सम्पदा संरक्षणको माग गर्दै बसन्तपुरको काष्ठमाण्डप देखि ललितपुरको खोकनासम्म साइकल र्याली गरिएको छ ।
शनिबार सम्पदाप्रेमी युवाहरुले पुरातात्विक महत्वका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदा संरक्षणको माग गर्दै साइकल र्याली गरेका हुन् । सरकार तथा सम्बन्धीत निकायको ध्यानाकर्षण गराउन साईकल र्याली गरिएको उनीहरुको भनाइ छ ।
उनीहले विकासको नाममा जनताको खुसी खोस्ने काम भएको भन्दै जनतामा खुसी ल्याउने विकासका काम गर्न सरकारलाई सचेतसमेत गराए । विक्रम संवत २०७२ सालको विनासकारी भुकम्प पछि सम्पदा प्रेमी युवाहरुले हरेक बर्ष साउन र भदौको बीचमा भुकम्पले क्षति पुर्याएका सम्पदाको पुर्ननिर्माण र संरक्षणको माग गर्दै साईकल र्याली गर्दैआएका छन् ।