अबिरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो र डुवानको जोखिम | ईमाउण्टेन समाचार

Our Network

पुष २३ २०८१, मंगलबार

अबिरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो र डुवानको जोखिम

duban

काठमाडौं, २६ साउन । निरन्तरको वर्षापछि आएको बाढीले देशका विभिन्न स्थानमा पहिरो र डुवानको जोखिम बढेको छ । तराई मधेसका विभिन्न जिल्लामा डुवानको जोखिम बढेको छ भने पहाडी क्षेत्रका विभिन्न जिल्लामा पहिरोको जोखिम बढेको छ ।

मौसमविदले आज राति पश्चिम नेपालमा अति भारी वर्षाको सम्भावना रहेको बताएका छन् । पोखरादेखि सु्दूरपश्चिमसम्मको क्षेत्रका विभिन्न स्थानमा भारती वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह समेत गरेका छन् । मौसमविद विभूति पोखरेलले आज राति पश्चिम नेपालको केहि स्थानमा  भारी वर्षाको सम्भावना रहेको बताए ।

वर्षा र बदलीको सम्भावना भने सोमबारसम्म देशभर नै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरैजसो स्थानहरूमा हल्का र मध्यम खालको वर्षा हुने अनुमान छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);