अमेरिकाकाे कारण आणविक निशस्त्रीकरणमा बाधा : उत्तर कोरिया | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

अमेरिकाकाे कारण आणविक निशस्त्रीकरणमा बाधा : उत्तर कोरिया

एजेन्सी, २५ साउन । उत्तर कोरियाले केही उच्च अमेरिकी अधिकारीका कारण आणविक निशस्त्रीकरणको अभियान अफ्ठेरोमा परेको बताएको छ ।

प्योङयाङमाथिका प्रतिबन्धहरुलाई अझ सशक्त बनाउन अमेरिकी अधिकारीहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उचालिरहेको उत्तरकोरियाको आरोप छ । उत्तर कोरियाले अमेरिकी व्यावहारले आणविक निःशस्त्रीकरणका कार्यक्रममा प्रगति हुन नसक्ने चेतावनी समेत दिएको छ ।

आणविक निःशस्त्रीकरणको व्यावहारिक प्रक्रियाअन्तर्गत आणविक र क्षेप्यास्त्र परीक्षणका कार्यक्रम हाल स्थगित गरेको बताउँदै उत्तरकोरियाली विदेश मन्त्रालयले आफुहरु सहमति कार्यान्वयनका लागि प्रतिवद्ध रहेको जनाएको छ ।

अमेरिकाले एकपक्षीय रुपमा पहिले आणविक हतियारविहीन हुनुपर्ने पूर्वशर्त अगाडि सारेकामा उत्तरले कडा आपत्ति समेत जनाएको छ । अमेरिकाले पुरातन शैली अपनाएको आरोप लगाउँदै उत्तर कोरियाले आफुहरु विना सर्त निशस्त्रीकरणका लागि तयार रहेको जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);