बुबाको किरिया गर्दै ‘पुर्नजन्म’ अभिनेत्री | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

बुबाको किरिया गर्दै ‘पुर्नजन्म’ अभिनेत्री

susmita sahi

काठमाडौं, २५ साउन । समय बदलिदैछ, छोरा नहुँदा आफ्ना मातापिताको काजकिरिया कसले गर्ला भन्ने पिर पनि हट्दैछ । आफन्तको मृत्युपछि छोराले नै काजकिरिया गर्नुपर्छ भन्ने नेपाली समाजको मान्यता तोडिदैछ ।

पुरानो मान्यतालाई अभिनेत्री सुस्मिता शाहीले पनि तोडेकी छन् । भारतमा रोजगारीको सिलसिलामा रहेका पिता हरि पन्तको साउन १८ गते गाडी दुर्घटनामा निधन भएपछि उनी आफैं बाबुको किरिया बसेकी छन् । आफू एक्ली छोरी भएका कारण हिन्दू परम्परा अनुसार १३ दिन बुबाको किरिया बस्ने सुस्मिताले बताइन् । छोरा छोरी बराबर हुन् । म बुबाको किरिया छोरा सरह नै १३ दिन बस्छुु, उनले भनिन् ।

सुस्मिताले जञ्जीरु, पुर्नजन्म लगायतका फिल्ममा काम गरेकी छन् । पछिल्लो समय उनी फिल्ममा खासै सक्रिय छैनन् । फिल्मीखवरबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);