जथाभावी नबोल्न व्यवसायी र बैकर्सलाई गभर्नरको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

साउन १० २०८३, सोमबार

जथाभावी नबोल्न व्यवसायी र बैकर्सलाई गभर्नरको चेतावनी

Chiranjibi-Nepal

काठमाडौं, २४ साउन । नेपाल राष्ट्र बैकका गभर्नर चिरञ्जिवी नेपालले जथाभावी नबोल्न व्यवसायी र बैकर्सलाई चेतावनी दिएका छन् । बैकर्स एशोसियसन र सेजनले बिहीबार राजधानीमा गरेको अन्तरक्रियामा बोल्दै गर्भनर नेपालले समय अनुकुलको फाईदा हेरेर व्यवसायी र बैकर्सले दोहोरो कुरा गर्ने गरेको भन्दै त्यसो नगर्न चेतावनी दिएका हुन् ।

पैसा धेरै भयो राष्ट्र बैकले लिई दिनुपर्यो भन्दै अर्थमन्त्रीकोमा पुग्ने बैकर्स र तरलताको समयमा ऋण नलिएर समय अनुकुल नाफामुखी अभिव्यक्ति दिने व्यवसायी दुवै उस्तै भएको भन्दै उनले दोहोरो भुमिकामा नदेखिन दुवै क्षेत्रलाई सचेत गराए ।

साढे २ बर्ष अघि मात्रै आफुले व्यवसायीलाई बंैकसंग पैसा लिएर काम गर्नु भन्दा नमानेको स्मरण गर्दे उनले भने “दोहोरो बोल्ने काम नहोस् ।”

गभर्नर नेपालले वित्तिय क्षेत्रको पैसा गलत क्षेत्रमा नजाओस् भन्ने उद्देश्यले व्यक्तिगत ओभर ड्राफट्को प्रतिशत घटाइएको भएपनि व्यवसायीक ओभर ड्राफ्टमा भने कमि नआएको स्पष्ट पारे ।

व्यवसायिक ओभर ड्राफ्टमा गरिने लगानीलाई पनि सुरक्षित बनाउनका लागि कुन कुन र के कस्तामा कति दिने भन्नेबारे अध्ययन भईरहेको बताए । उनले ऋणको व्याजदर घट्दो क्रममा रहेकाले यही समयमा ऋण लिन व्यवसायीलाई सुझाव दिए ।

उनले संस्थागत निक्षेपका सम्बन्धमा राष्ट्र बैकले निर्देशन जारी गरिसकेकाले आपसमा लुछाचुडी नगर्न वित्तिय क्षेत्रको ध्यानाकर्षण गराए ।

निर्देशन अनुसार आफुहरुलाई अघि बढाउन सचेत गराउदै उनले भने “राष्ट्र बैक कठोर रुपमा आउनु नपरोस् । अब्बल नम्बरको दर्जा पाएको क्षेत्रलाई पुलिस जस्तो गर्नुपर्यो भने के हुन्छ ?” उनले आफ्नो दक्षता र क्षमता अनुसार स्थापित अब्बल दर्जाको साखलाई कायमै राख्न पनि वित्तिय क्षेत्रलाई सचेत गराए ।