काठमाडौं, २२ साउन । प्रमुख प्रतिपक्ष दल नेपाली काँगे्रेस केन्द्रिय कार्य समितिको बैठक सुरु भएको छ । मुलुकको पछिल्लो राजनीतिक परिस्थिति र संघीय ढाँचा अनुसार पार्टी संगठन संरचना तयार पार्ने मूल एजेन्डासहित काँग्रेस केन्द्रिय कार्य समितिको बैठक बोलाइएको हो ।
बैठकमा संघीय संसद र संसदीय समितिहरुलाई प्रभावकारी बनाउने विषयमा पनि पार्टीले आफ्नो ठोस रणनीति तय गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
पार्टी केन्द्रिय कार्यालय सानेपामा सुरु भएको बैठकमा सभापति देउवा लगायतका शीर्ष नेताहरुले सरकारविरुद्धको सदन र सडक संघर्षलाई कसरी व्यवस्थित ढंगले अघि बढाउने भन्ने विषयमा पनि धारणा राख्ने काँग्रेसले जनाएको छ ।