कैलाली, २१ साउन । प्रदेश ७ को स्थायी राजधानी र नामबारे सुझाव पेश गर्न गठन गरिएको समितिको समय थप गरिएको छ ।
सात दिनको समय दिइएको समितिलाई सुझव संकलनको काम नसकिएकाले थप सात दिनको समय दिइएको छ । सोमबारको प्रदेश सभा बैठकमा सभामुख अर्जुनबहादुर थापाले समितिले छलफलका लागि थप समय माग गरेपछि एक साता समय थपिएको बताए ।
समितिका संयोजक तारा लामा तामाङले सात दिनको समयमा सरोकारवालासँग छलफल नसकिएकाले सभामुखसँग थप समय मागिएको बताए ।