चितवन, २० साउन । चितवनको भरतपुरमा विद्युत खपत बढ्दै गएको छ । अव्यवस्थित शहरीकरण रे बसाइँसराइको वृद्धिसँगै विद्युत खपत बढ्दै गएको हो ।
चितवनका भरतपुर, माडी, इच्छाकामना र टाँडीमा मात्रै वार्षिक एघार हजार नयाँ ग्राहक थपिएका छन् । जसको कारण विद्युत् खपतको माग वार्षिक २० प्रतिशतले बढिरहेको नेपाल विद्युत् प्राधिकरण भरतपुरका प्रमुख सुरेशकुमार महतोले बताए ।
सरकारी नियमन प्रभावकारी नहुँदा विद्युत् प्राधिकरण भरतपुरको चुहावट ११ दशमलव २१ प्रतिशत रहेको छ । त्यस्तै टाँडी केन्द्र अन्तर्गत १७ दशमलव ७ प्रतिशत चुहावट हुने गरेको अनुमान छ ।