‘मिस्टर भर्जिन’को प्यारोडी बनाउनेलाई, ५० हजार ! | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

‘मिस्टर भर्जिन’को प्यारोडी बनाउनेलाई, ५० हजार !

mr-virgin

काठमाडौं, १९ साउन । पछिल्लो समय चलचित्र मेकरहरु चलचित्र प्रमोसनको लागी विभिन्न फण्डाहरु अपनाउने गर्छन् । त्यसमा पनि दर्शकलाई नजिकबाट चलचित्रको बारेमा जानकारी दिन विभिन्न प्रतियोगिताहरूको आयोजना गर्ने गरिन्छ ।

चलचित्र मिस्टर भर्जिनले भने नयाँ प्रतियोगिताको घोषणा गरेको छ । मिस्टर भर्जिन टिमले सार्वजनिक भएको चलचित्रको ट्रेलरको प्यारोडी बनाउने प्रतियोगिताको घोषणा गरेको हो । यसमा सहभागीहरुले ट्रेलरको प्यारोडी बनाउने पर्नेछ ।

जुन प्यारोडीलाई [email protected] मा पठाउन सकिन्छ । प्यारोडी साउन ३० सम्म उक्त इमेलमा पठाउन सकिन्छ । सहभागी प्यारोडी मध्य उत्कृष्ट तीनले क्रमशः ५० हजार, २५ हजार र १० हजार रकम पुरस्कार जित्न सक्नेछन् ।

सेक्स कमेडीमा बनेको चलचित्र ‘मिस्टर भर्जिन’लाई बिरासत बस्नेतले निर्देशन गरेका हुन् । यही आउँदो भदौ १ गतेबाट प्रदर्शनमा आउने चलचित्रमा गौरव पहारी, विजय बराल ,कमलमणि नेपाल, मरिष्का पोखरेल, भोलाराज सापकोटा लगायतका कलाकारको अभिनय रहेको छ । सिनेपाटीबाट 

अघिल्लो समाचार

पछिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);