भत्केको नहर ठेकेदारले नै बनाउने हो : सरकार | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

भत्केको नहर ठेकेदारले नै बनाउने हो : सरकार

sikta nahar

काठमाडौं, १९ साउन । परीक्षणका क्रममा भत्किएको सिक्टा सिँचाइ आयोजनाको मूल नहर बनाउने दायित्व ठेकेदार कम्पनीकै भएको सरकारले स्पष्ट पारेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले शुक्रबार औपचारिक रूपमा विज्ञप्ति जारी गरी बिग्रे–भत्केको नहर मर्मत गर्ने काम ठेकेदारकै भएको स्पष्ट पारेको हो । ठेकेदार कम्पनीले भत्केको नहर बनाउने दायित्व आफ्नो नभएको दाबी गरिरहेका बेला सरकारका तर्फबाट औपचारिक धारणा सार्वजनिक भएको हो।

सिटिसिई कालिका कन्स्ट्रक्सनले निर्माण गरेको आयोजनाको मूल नहर पटकपटक भत्किएको छ । उक्त कम्पनीले आफूले दुई वर्षअघि नै आयोजना सरकारलाई बुझाइसकेकाले मर्मत, सम्भारको दायित्व आफ्नो नभएको दाबी गर्दै आएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता दिनेशकुमार घिमिरेले भत्किएको मूल नहरको मर्मत र सुधारको दायित्व ठेकेदार कम्पनीकै भएको बताए।

मूल नहर निर्माण गरेको कालिकाको मर्मत र सुधार गर्ने अवधि आयोजना प्रमुख रमेश बस्नेतले थप नगरेका कारण ठेकेदार कम्पनीले आफ्नो जिम्मेवारी सकिएको तर्क गरिरहेको छ ।

मन्त्रालयले मूल नहर मर्मत र आवश्यक सुधारका कार्य ठेकेदार कम्पनीलाई गर्न÷गराउन विभाग र आयोजना कार्यालयालाई निर्देशन दिइसकिएको जनाएको छ । मन्त्रालयका अनुसार संवेदनशील तथा समस्याग्रस्त सम्भावित स्थानको भौगर्भिक अवस्था तथा माटोको सम्बन्धमा समेत विशेषज्ञसहितको संलग्नतामा शूक्ष्म प्राविधिक अध्ययन अनुसन्धान गरी आवश्यक सुधारका कार्य गर्न गराउन विभाग र आयोजना कार्यालयलाई निर्देशन दिइएको छ ।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);