दुर्लभ डल्फिन कैलालीमा बाक्लै भेटिए | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८१, आइतबार

दुर्लभ डल्फिन कैलालीमा बाक्लै भेटिए

dolphin

काठमाडौं, १८ साउन । नेपालका लागि लोपोन्मुख र दुर्लभ सूचिमा सामेल डल्फिनको चहल पहल कर्णालीको सहायक नदी मोहना र आसपासका जलप्रणालीमा बाक्लै देखिएको छ ।

मोहनाका सहायक नदीहरु काँडा, कान्द्रा, पथरिया र आसपासमा ४७ वटा डल्फिन भेटिएका छन् । नेपाल जैविक विविधता अनुसन्धान समाजले ती क्षेत्रमा स्थलगत अध्ययन,अवलोकन गर्दा ७ वटा वयस्क भाले फेला परेका छन् भने १२ वटा वच्चा र बाँकी २८ मध्ये धेरै पोथी भेटिएका छन् । २८ मध्ये केहीको लिङ्ग पहिचान नभएको वन्यजन्तुविद् प्रा डा मुकेश चालिसे जानकारी दिए । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा समाचार छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);