कैलाली, १७ साउन । नेविसंघले कैलालीको घोडाघोडी नगरपालिका कार्यालयमा तालाबन्दी गरेको छ । नगर प्रमुख ममताप्रसाद चौधरीले मनोमानी ढंगबाट काम गरेको भन्दै नेविसंघ र नगर समितिले नगरपालिकाको शिक्षा शाखा र प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेको हो ।
नगर क्षेत्रमा रहेको ५७ विद्यालय मध्ये प्रमुख चौधरीले चार विद्ययालय समायोजन गरेको र नौ विद्यालयको तह घटुवा गरेकाले कार्यलयमा ताला लगाइएको नेविसंघ नगर सभापति कलकजङ सिँहले बताए ।