लागू औषध कारोबारमा संलग्न ३ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

फागुन १५ २०८२, शनिबार

लागू औषध कारोबारमा संलग्न ३ जना पक्राउ

काठमाडौं, १५ साउन । लागू औषध कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोह जयप्रसाद लिम्बु काठमाडौंबाट पक्राउ परेका छन् । नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्यूरोको टोलीले सोमबार काठमाडौंको महाराजगंजबाट लिम्बुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनको साथबाट प्रहरीले हालसम्मकै सबैभन्दा ठूलो परिमाणको अवैध लागुऔषध एम्फेटाईमाइन ७ हजार १ सय २० टयाबलेट बरामद गरेको छ ।

व्यूरोका प्रमुख प्रहरी नायव महानिरीक्षक ठूले राईले मंगलबार पत्रकार सम्मेलन गरी लिम्बुसँगै अवैध लागू औंषध कारोबारमा संलग्न झापा मेची नगरका युवराज सुवेदी र काठमाडाैँका राजब्रज लामालाई पक्राउ गरिएको जानकारी दिए।

नेपाल प्रहरीको मोष्ट वान्टेड सूचिमा रहेका तेह्थुमका लिम्बु भारतको सिलगुडीमा आफनो संजाल बनाई लागू औषध कारोबारमा संलग्न हुँदै आएका थिए । पक्राउ परेका लिम्बु, सुवेदी र लामाउपर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।