आज साउन १५ : खीर खाने दिन | ईमाउण्टेन समाचार

Our Network

पुष २८ २०८१, आइतबार

आज साउन १५ : खीर खाने दिन

khir

काठमाडौं, १४ साउन । आज साउन १५ अर्थात खीर खाने दिन । नेपाल कृषि प्रधान देश भएको र बहुसंख्यक नेपाली कृषि पेसामा आश्रित भएकोले कृषकहरूले धान रोपेर काम सकेपछि खुसीयालीस्वरूप साउन १५ मा खीर खाने परम्परा छ ।

खीरलाई स्वादिष्ट एवं स्वास्थ्यबर्धक नेपाली खानाको रूपमा लिइन्छ । चामल, दूध, नरिवल, छोकडा र अन्य ड्राइ फ्रुड, चिनी हालेर खीर बनाउने भएका कारण यस परिकारलाई शुभ कार्यमासमेत प्रयोग गर्ने गरिन्छ । विशेष गरी तीज, श्राद्ध, देवाली, ब्रतबन्ध, भोजजस्ता शुभ अवसरमा खीर खाइन्छ । साउन महिना शिवपुजन महिना भएकाले एक महिनासम्म माछा–मासु नखाएर शिवभक्तहरूले भगवान शिवको पूजा गर्ने गर्दछन् ।

गर्मी महिना भएकोले शरीरमा दाद, खटिरा र लुतोजस्ता रोगले आक्रमण गर्ने भएकोले रोगप्रतिरोधात्मक शक्ति बढाउनुपर्ने हुन्छ । जसको कारण साउन महिना दूध तथा दूधबाट बनेका परिकारहरू खासगरी खीर खाने चलन छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);