टर्की हुँदै अवैध रुपमा ग्रिस हिँडेका एक नेपाली घाना जंगलबाट बेपत्ता ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

टर्की हुँदै अवैध रुपमा ग्रिस हिँडेका एक नेपाली घाना जंगलबाट बेपत्ता !

bepatta

काठमाडौं, १५ साउन । ग्रिस पुगेका एक नेपालीका अनुसार अवैध रुपमा टर्की आउने र त्यहाँबाट मानव तस्करलाई लाखौँ रुपैयाँ बुझाएर ग्रिस छिर्नेले ११ देखि १५ लाख रुपैयाँसम्म खर्चिएका हुन्छन् ।

तर त्यति धेरै पैसा खर्चेर पनि भनेजस्तो काम पाउँदैनन् । टर्कीबाट अवैध रुपमा ग्रिस पुगेका ईलामका मोती गूरुङको अनुसार घाना जंगलमा सात दिनसम्म भोकप्यास नभनी हिँडियो, मरेर बाँचिएको अनुभव छ ।

टर्कीबाट उनीसँगै हिडेका नवलपरासी, कावासोतीका नवीन तिवारी सात महिनादेखि सम्पर्कविहिन छन् । सँगै गएका तिवारी कहाँ छन्, गुरुङलाई पनि थाहा छैन ।

नवीन बाटैमा विरामी परेको र रेल ट्रयाकसम्म सँगै रहेको मोतिलाई सम्झना छ । त्यसपछि नवीन छुटेको उनी बताउँछन् । मोतीका अनुसार कैयन् दिनसम्म भोकैप्यास माईनस डिग्री चिसोमा हिँड्दा नवीनको घाँटीमा समस्या आएको थियो । आजको कान्तिपुर दैनिकमा खवर छापिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);