जनकपुरधाम, १३ साउन । प्रदेश दुईको सत्ता पक्षका सांसदले प्रदेश सरकारको आलोचना गरेका छन् । आइतबार बसेको प्रदेशसभा बैठकमा राजपाका सांसद मनिषकुमार सुमनले प्रदेश र संघीय दुबै सरकारले जनभावना विपरित काम गरेको आरोप लगाए ।
उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको समयमा सरकारले गरेको खर्चको विवरण अहिलेसम्म सार्वजनिक नगरेकाले संसदबाट छानबिन गर्न माग गरे ।
त्यस्तै, सांसद सुन्दरबहादुर विश्वकर्माले प्रदेश सरकारले पछिल्लो आर्थिक वर्षमा कुन कुन योजनामा कति खर्च भयो भन्ने विषयमा सदनलाई जानकारी गराउन माग गरे । सांसद पारसप्रसाद साहले प्रदेश सरकारसँग रहेको अधिकारमाथि संघिय सरकारले हस्तक्षेप गरेको आरोप लगाए ।




