भद्रपुर पशु बधशाला प्रयोग विहीन | ईमाउण्टेन समाचार

Our Network

माघ २७ २०८१, आइतबार

भद्रपुर पशु बधशाला प्रयोग विहीन

झापा, १२ साउन । करिब एक करोड भन्दा बढीको लागतमा निर्माण गरिएको झापाको भद्रपुरस्थित भद्रपुर पशु बधशाला प्रयोगविहीन हुने अवस्थामा पुगेको छ । भद्रपुर नगरपालिकाले पशु बधशालाको आन्तरिक व्यवस्थापनमा चाँसो नदेखाउँदा सरकारको लगानी खेरा जाने स्थितिमा पुगेको हो ।

भद्रपुर नगरपालिकाको स्वामित्वमा रहेको भद्रपुर पशु बधशाला प्रयोगवीहिन बनेको छ । नगरका अव्यवस्थित माछामासु पसलहरुलाई व्यवस्थित बनाई एकद्वार प्रणालीबाट स्वच्छ तथा सफा माछामासु बिक्री वितरण गर्ने उद्देश्यले करिब १ करोड भन्दा बढी लागतमा बधशाला निर्माण गरिएको थियो ।

पशु बधशाला हातामा रहेका १० वटा मासुपसल मध्ये अहिले चार वटा मात्र सञ्चालनमा छन् । बधशाला हातामा रहेका पसलहरु अहिले बाहिर सारिएका छन् । चोक–चोकमा अव्यवस्थित रुपमा मासुपसल खुल्दा त्यस क्षेत्र दुर्घन्ध फैलिएको छ ।

नगरपालिकाको १९ कठ्ठा जग्गामा निर्माण गरिएको बधशालालाई व्यवथित वनाउन भने नगरपालिकाले चाँसो नदेखाएको व्यवसायीहरुको भनाइ छ ।

भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ भने पशु वधशाला र मासु बिक्री केन्द्र फरक हुने हुँदा भद्रपुर बधशाला बधसाला नभएर मासु बिक्री गर्ने ढाँचाको रुपमा बनाइएकाले यसलाई बिक्रीकेन्द्रको रुपमा विस्तार गर्ने तयारी भइरहेको बताउँछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);