सिरहा, १२ साउन । भारतको दरभंगा जिल्लाको बालिका गृहमा रहेका सप्तरीका दुई बालिकालाई सकुशल उद्धार गरिएको छ ।
दुई बालिकालाई भारतीय अधिकारीहरुको सहयोगमा उद्धार गरिएको हो । भारतको मधुवनीस्थित बालिका गृहबाट उद्धार गरिएका सप्तरी कंकालनी नगरपालिका–७ हनुमान नगरकी १४ वर्षीया विनिता मरिक र ८ वर्षीया अनिता मरिकलाई परिवारको जिम्मा लगाइएको छ ।
बाल कल्याण समितिका सदस्य राजदेव यादव, सामुदायिक सेवा केन्द्रका सचिव शम्भू साह लगायतको टोलीले बालिकालाई नेपाल ल्याएका थिए ।