काठमाडौं, १० साउन । डा. गोविन्द केसी र सरकारबीचको वार्ता सहमति नजिक पुगेको छ । सरकार र केसी पक्षबीच भएको ७ बुँदे सहमति पछि सम्भवत उनले आजै अनसन तोड्ने छन् ।
डा. गोविन्द केसीको अनसन आज २७ अाैँ दिनमा चालु छ । केसी पक्ष र सरकारी वार्ताटोलीबीच आज सिंहदरवारस्थित प्रधानमन्त्रीको कार्यालयमा वार्ता भएको थियो । केसीको यो १५ औँ अनसन हो ।