बेइजिङमा अमेरिकी दूतावासबाहिर विस्फोट | ईमाउण्टेन समाचार

Our Network

पुष १० २०८१, बुधवार

बेइजिङमा अमेरिकी दूतावासबाहिर विस्फोट

bomb bispot

एजेन्सी, १० साउन । चीनको राजधानी बेइजिङस्थित संयुक्त राज्य अमेरिकाको दूतावासबाहिर सानो विस्फोट भएको छ । अमेरिकी सुरक्षा अधिकारीहरूका अनुसार एक व्यक्तिले दूतावास हाताबाहिर एउटा बम राखेका थिए ।

विस्फोटबाट बम राख्ने व्यक्ति मात्रै घाइते भएको अमेरिकी अधिकारीहरूले बताएका छन् । विस्फोटपछि दूतावास वरपरको क्षेत्रमा सेतो धूँवाको मुस्लो देखिएको थियो ।

चिनियाँ समय अनुसार दिउँसो डेढ बजेतिर स्थानीयबासिन्दाले ‘चट्याङ परेको जस्तो आवाज’ सुनेको भन्दै सामाजिक सञ्जालमा लेखेका थिए । बीबीसीका एकजना संवाददाताका अनुसार घटनापछि अरू सामान्य दिन जस्तै दूतावासको गतिविधि देखिएको छ र मानिसहरू भिसा लिन दूतावासबाहिर लाइनमा बसेको देखिन्छ ।

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार त्यो घटनासँग असम्बन्धित एउटा घटनामा अमेरिकी दूतावासबाहिर एक महिलाले आफ्नो शरीरमाथि पेट्रोल छर्केर आगो लगाएकी छन् । प्रहरीले उनलाई पक्राउ गरेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);