संगीतले लोकप्रिय | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

संगीतले लोकप्रिय

sangeet

काठमाडौँ, १० साउन । २३ अप्रिल २००३ मा जावेद नामक युजरले युटयुबमा ‘मी एट द जु’ शीर्षक भिडियो अपलोड गरेका थिए ।

यो नै युटयुबको पहिलो भिडियो हो, जसमा हालसम्म ५ करोड भ्युज छ । योपछि युटयुबमा भिडियोको बाढी आयो । अहिले प्रत्येक मिनेट कुल ३ सय घण्टाको भिडियो अपलोड हुने युटयुबको दाबी छ । यीमध्ये सबैभन्दा धेरै पटक हेरिएको भिडियो कुन होला  । वा, कसले सर्वाधिक भ्युज पाएको छ ।

२०१७ मा रिलिज भएको ‘डिस्पासितो’ मा बुधबारसम्म झन्डै साढे ५ अर्ब भ्युज थियो । लुइस फोन्सी र डयाडी यांकीले गाएको यो ल्याटिन गीतको भिडियो नै युटयुबमा सबैभन्दा बढी हेरिएको भिडियो हो । युटयुब मात्र भएर बिलबोर्ड हट हन्ड्रेडमा समेत यो पहिलो नम्बरमा पर्न सफल भयो । स्पेनी भाषाको गीतले दुई दशकपछि यो स्थान हासिल गरेको बिलबोर्डले जनाएको थियो । यसलाई पछि क्यानडेली गायक जस्टिन बिबरले अंग्रेजीमा गाइदिए ।

युटयुबमा ‘डिस्पासितो’ छाउनुअघि विज खालिफा र चार्ली पुथको ‘सी यु अगेन’ सर्वाधिक हेरिएको भिडियो थियो । फिल्म ‘फास्ट एन्ड फयुरियस ७’ का लागि रचिएको गीत स्व. अभिनेता पल वाकरमा समर्पित थियो । म्युजिक स्ट्रिमिङ साइट स्पोटिफाईमा सर्वाधिक स्ट्रिम भएको भिडियोको कीर्तिमानी पनि यसले राखेको छ । सन् २०१५ को बेस्ट सेलिङ गीतले त्यो बेला भाइरल भएको ‘गङनम स्टाइल’ लाई पछि पारेको थियो । हाल ३ अर्ब भ्युजसहित यो युटयुबमा दोस्रो सर्वाधिक हेरिएको भिडियो हो ।

बेलायती गायक एड सिरनले आफ्नो तेस्रो स्टुडियो एल्बममा समेटेको ‘सेप अफ यु’ गीत सर्वाधिक हेरिने तेस्रो म्युजिक भिडियो हो । २०१७ मा रिलिज हुँदाताका नै ४४ देशको म्युजिक चार्टमा यो पहिलो नम्बरमा परेको थियो । पछिल्लो ग्रामी अवार्डमा बेस्ट पप सोलो पर्फमेन्समा मनोनयनमा समेत परेको गीत भिडियो आउनुअघि नै युटयुबमा चर्चित भएको थियो ।

युटयुबमा करोडौं भ्युज पाएर सबैभन्दा पहिलो पटक हल्लाखल्ला मच्चाउन सफल गीतका रूपमा ‘गङनम स्टाइल’ लाई नै लिइन्छ । कोरियाली गायक साईको यो म्युजिक भिडियोलाई लिएर धेरै समय बहस पनि भयो । गैरअंग्रेजी भाषाको गीतले यत्तिका भ्युज पाएको यो पहिलो पटक थियो । युटयुबमा १ हजार ६ सय ८९ दिनसम्म सर्वाधिक धेरै भ्युजसहित टिकिरहनुलाई यसको अर्को कीर्तिमान मानिन्छ । अहिले भने ३ खर्ब भ्युजसहित चौथो स्थानमा छ ।

बिलबोर्ड हट हन्ड्रेडमा १४ हप्तासम्म पहिलो नम्बरमा रहन सफल ‘अपटाउन फंक’ ले सन् २०१५ मा दुइटा ग्रामी अवार्ड जितेको थियो । बेलायती संगीत निर्माता मार्क रोनसन र अमेरिकी गायक ब्रुन मार्सको गीत अहिले भने युटयुबमा सर्वाधिक हेरिएका म्युजिक भिडियोको सूचीमा पाँचौँ स्थानमा छ । यसपछिको सूचीमा जस्टिन बिबरको ‘सरी’, मरुन फाइभको ‘सुगर’, टेलर स्विफ्टको ‘सेक इट अफ’ र एनरिके इग्लेसियसको ‘बाइलान्दो’ क्रमश दसौं स्थानमा छन् ।

यसरी हेर्दा युटयुबमा डान्सिङ बिटका गीत सर्वाधिक हेरिएको पाइन्छ । भाषाभन्दा म्युजिकका कारण गीत लोकप्रिय बनेको प्रमाण ‘डिस्पासितो’ र ‘गङनम स्टाइल’ ले दिन्छन् । ‘सी यु अगेन’ बाहेक पाँचमध्ये चार गीत फास्ट नम्बरका छन् । यी क्लब सङलाई युटयुबका १ अर्ब ३० करोड प्रयोगकर्ताले सर्वाधिक मन पराएको पाइन्छ । कान्तिपुरबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);