धावनमार्गको कालोपत्रे भत्किएपछि जहाज उडान/अवतरणमा समस्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

धावनमार्गको कालोपत्रे भत्किएपछि जहाज उडान/अवतरणमा समस्या

biman jahag

काठमाडौं, १० साउन । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्ग भत्किँदा पछिल्लो समय हरेक दिन जसो उडान अवतरणमा समस्या आएको छ ।

साउन लागे यता दर्जनौंपटक धावनमार्ग भत्किँदा जहाज उडान र अवतरणमा प्रत्येक दिन समस्या देखिन थालेको छ । ५० बर्ष पुरानो धावनमार्गको कालोपत्रे पछिल्ला बर्षहरुमा टालटुलमा जहाज उडान र अवतरण गराउँदै आइएको छ । पछिल्लो सातामात्रै दैनिक पाँच पटकसम्म धावनमार्गको कालोपत्रे उप्कँदा ४५ मिनेटदेखि डेढ घण्टासम्म आकाशमा जहाज होल्ड गर्नुपरेको विमानस्थल कार्यालयले जनाएको छ ।

विगत लामो समयदेखि नयाँ कालोपत्रे गर्ने भने पनि टेन्डर प्रक्रिया नै अगाडि बढ्न नसक्दा प्रत्येक बर्ष समस्या बढ्दै गएको छ । आजको कारोबारले पहिलो पृष्ठमा समाचार छापेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);