आजदेखि बौद्धतर्फको उत्तरी विन्दुबाट जहाज अवतरण गराउन नपाइने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

आजदेखि बौद्धतर्फको उत्तरी विन्दुबाट जहाज अवतरण गराउन नपाइने

tribhuban internation airport

काठमाडौं,१९ चैत्र । काठमाडौं विमानस्थलमा आजदेखि उत्तरबाट जहाज अवतरण निषेध गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एक मात्र धावनमार्गका दुवै विन्दुमा भइरहेको निर्माणका कारण उत्तरबाट जहाज अवतरण निषेध गरिएको हो ।

बौद्धतर्फको उत्तरी विन्दुबाट तीन महिनालाई जहाज अवतरण गराउन पाइने छैन । उत्तरतर्फको धावनमार्गको विन्दु जोड्ने समानान्तर ट्याक्सी–वे तथा त्यससँग जोडिएका एसोसिएटेड कार्यको विस्तार भइरहेको हो । यो व्यवस्थाले काठमाडौंबाट आँखाको सहायताले हुने भिजुअल फ्लाइट रुल्स भीएफआरमा आधारित उडान उड्ने तथा त्यही विन्दुबाट अवतरण हुने पर्वतीय उडान र आन्तरिक उडान प्रभावित हुनेछन् । काठमाडौं विमानस्थलको धावनमार्गको लम्बाइ ३ हजार ५० मिटर छ ।

उत्तरबाट अवतरण÷उडान गर्न नपाइने र पूर्वाधार विस्तार गर्नुपर्ने भएकाले चालकदलले जहाजलाई उत्तरतर्फको अल्फा ट्याक्सी–वेबाट माथि जहाज लैजान पाउने छैनन् । पूर्वाधार विस्तारको सूचना अन्तर्राष्ट्रिय उड्डयन नियमअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले एक महिनाअघि नै सार्वजनिक गरिसकेको छ ।

३ हजार ५० मिटर लामो धावनमार्ग तीन महिनाका लागि २ सय ३६ मिटर छोटो हुनेहुँदा यो व्यवस्था लागू गरिएको हो । यसबाट ३ सय हाराहारी यात्रु उडान क्षमता भएका वायुसेवाको भारवहनमा असर पर्न सक्ने प्राधिकरणले जनाएको छ । काठमाडौं विमानस्थलले वार्षिक १ करोड यात्रुलाई सेवा दिलाउने उद्देश्यले सन् २०१६ को एसियाली विकास बैंकको गुरुयोजनाअनुसार, जहाज मर्मत गर्न ह्यांगरलगायतका भौतिक पूर्वाधार तथा निर्माण भइरहेका छन् ।

गुरुयोजनाअनुसार विमानस्थलको स्तरोन्नतिका लागि १५ अर्ब रुपैयाँ लागतमा तीन फरक–फरक विदेशी निर्माण व्यवसायीले काम गर्दै आएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);