मंगलबार पनि काठमाडौंमा काँग्रेसको प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

पुष २१ २०८१, आइतबार

मंगलबार पनि काठमाडौंमा काँग्रेसको प्रदर्शन

काठमाडौं, ८ साउन । नेपाली काँग्रेसले सरकारविरुद्ध मंगलबार पनि काठमाडौंमा प्रदर्शन गरेको छ । नेपाली काँग्रेस काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला कार्य समितिहरुको संयुक्त आह्वानमा मंगलबार काठमाडौंको माईतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म सरकारविरुद्ध -यालीसहितको प्रर्दशन गरिएको हो ।

प्रर्दशनपछि नयाँ बानेश्वरमा आयोजित कोणसभामा बोल्दै नेपाली काँगे्रस ललितपुर जिल्ला कार्य समितिका सभापति मदन अमात्यले आफ्नो पार्टी नेतृत्वको सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेशलाई हुबहु विधेयकको रुपमा ल्याउन सरकारलाई पुनः दवाव दिए ।

उनले सरकार निरंकुश बन्दै गएकाले रोक्न आफूहरुले दैनिक आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिएको बताए । प्रर्दशनमा गोविन्द केसीको जीवन रक्षाका लागि पहल नगरेको भन्दै प्रधानमन्त्री केपी ओलीको चर्को आलोचना गरिएको थियो ।

नेपाली काँग्रेसले आफूहरुसँगको सहमतिमा मात्रै राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदमा पेश नगरे सरकार विरुद्धको आन्दोलन नरोकिने चेतावनी दिँदै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);