राष्ट्रियसभा बैठक : सांसदबीच को पहिला बोल्ने भन्ने विवाद | ईमाउण्टेन समाचार

Our Network

मंसिर १२ २०८१, बुधवार

राष्ट्रियसभा बैठक : सांसदबीच को पहिला बोल्ने भन्ने विवाद

rastriya sabha

काठमाडौं, ८ साउन । सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुबीच को पहिला बोल्ने भन्ने विवाद भएपछि आजको राष्ट्रियसभा बैठक स्थगित भएको छ । दुबै पक्षका सांसदहरुले आफ्नो अडान नछोडेपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले बुधबारसम्मका लागि स्थगित गरेका हुन् ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक प्रारम्भ भएको जानकारी गराउन नपाउँदै सत्तापक्षका सांसदहरु उठे । तर, आफुहरुले पहिले बोल्न समय माग गरेको भएपनि अध्यक्षले सत्तापक्षका सांसदललाई पहिले समय दिइएको भन्दै कांग्रेस संसदहरुले आपत्ति जनाएका थिए । कांग्रेस सांसदहरुको आपत्तिकाबीच नेकपाका सांसदले पहिले बोल्न पाउनुपर्ने अडान लिएपछि बैठक केहीबेर तनावपूर्ण बनेको थियो ।

अध्यक्षले सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुलाई बस्न आग्रह गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक खिमलाल भट्टराईलाई बोल्न समय दिएपछि बसेका प्रतिपक्षी दलका सांसदहरु पनि उभिए । त्यसपछि दुवै पक्षका सांसदहरुबीच भनाभन सुरु भयो ।

प्रमुख प्रतिपक्षी दलका सांसदहरु उभिएर विरोध जनाईरहेका बेला नेकपाका प्रमुख सचेतक भट्टराईले सदन चल्नु पर्छ, जबरजस्ती सदन रोक्न पाईदैन भन्ने अभिव्यक्ति दिएपछि फेरि कांग्रेसका सांसद सुरेन्द्र पाण्डे र सरिता प्रसाईले प्रतिकार गरे । त्यसपछि बैठकमा होहल्ला सुरु भयो । चोर औला देखाईदेखाई सांसदहरु भनाभनमा उत्रिदा अध्यक्ष तिमिल्सिना भने आसनग्रहण गर्न आग्रह गर्दै थिए ।

अध्यक्ष बोल्दै गर्दा पनि सांसदहरुले होहल्ला गरिरहेपछि अध्यक्ष तिमिल्सिनाले आफुले बोल्दा बोल्न नमिल्ने भन्दै नियमावलि स्मरण गराए ।

निकै समयपछि सत्तापक्ष दलका सांसदहरुले आसन ग्रहण गरेपनि प्रतिपक्षी दलका सांसदले विरोध जनाइरहेपछि अध्यक्षले बैठक बुधबार विहानसम्मका लागि स्थगित भएको जानकारी गराए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);