काठमाडौं, ८ साउन । केहि दिन यता कानुनमन्त्री शेरबहादुर तामाङ चर्चामा छन् । चर्चाबाट बिस्तारै यो विषय विवादमा परिणत भयो । बंगलादेशमा एमविविएस अध्ययन गर्ने छात्राका विषयमा तामाङले दिएको अभिव्यक्तिले उनि आलोचित भएका छन् । उनले आफुले दिएको अभिव्यक्तिप्रति क्षमा पनि मागिसकेका छन् । आज पार्टीको निर्देशनमा मन्त्री तामाङले २ बजे राजीनामा दिदै छन् । कानुनमन्त्री जस्तो मानिसले समग्र महिलाहरुको अस्मितामाथि आंच आउने र आक्षेप लाग्ने गरि बोल्न मिल्थ्यो कि मिल्दैनथ्यो ? कानुनमन्त्रीले किन यस्तो कुरा बोले त ? र यो बोल्नुको पछाडी कारण, तर्क र प्रमाणहरु के हुन सक्छन ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले कानुनमन्त्री शेरबहादुर तामाङसँग गरेको कुराकानी हेर्नुहोस् :
एक शब्दले यति बबाल होला भन्ने सोचेको थिइन : शेरबहादुर तामाङ (भिडियो सहित)
ताजा समाचार
सुकुम्बासी बस्तीमा डोजर आतंक तत्काल बन्द गर्न माग
१० घन्टा अघि
इपैसाको कारोबारमा डिजिटल छलाङ
१० घन्टा अघि




