जथाभावी नबोल्न प्रधानमन्त्रीलाई रामचन्द्रको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

पुष ५ २०८१, शुक्रबार

जथाभावी नबोल्न प्रधानमन्त्रीलाई रामचन्द्रको चेतावनी

ramchandra paudel

काठमाडौं, ७ साउन । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जथाभावी नबोल्न चेतावनी दिएको छ ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निरंकुश हुन नदिन आफुहरुको सरकार विरोधि आन्दोलन सुरु गर्नु परेको स्पष्ट पारे । सोमबार पार्टीमा आवद्ध नेपाल महिला संघले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री केपी ओलीलाई देश र जनताप्रति जवाफदेही हुन पनि सचेत गराए ।

वरिष्ठ नेता पौडेलले जनताको विरोधको आवाजमाथि जब्बर्जस्ती प्रतिबन्ध गराउने कोशिस भईरहे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी  दिए ।

गोविन्द केसीको माग सम्बोधन नगरेको, नागरिक अधिकार हनन् हुनेगरी कर बढाएको, काठमाडौंको विभिन्न स्थानमा निषेधित क्षेत्र ताकेको, महंगी नियन्त्रण नगरेकाले सरकार विरुद्ध आन्दोलन गर्नु परेको वरिष्ठ नेता पौडेलको भनाई छ ।

वरिष्ठ नेता पौडेलले सरकारलाई गलत बाटोमा जान नदिन पनि आफूहरुले खवरदारी गरिरहेको दावी गरे । लोकतन्त्रको बाटोमा अवरोध आउने काम सरकारबाट भए सैह्य नहुने पौडेलको चेतावनी थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);